आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला  १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २३ हजार ७१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ११५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९९ रुपैयाँ तोकेको छ ।