आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला  १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१ हजार ३१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३४ रुपैयाँ ५० पैसा तोकेको छ ।