आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार पनि सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७८ सयले घटेको हो । आज प्रतितोला छापावाला सुन १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ७१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ११५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५२६ रुपैयाँ तोकेको छ ।