आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१ हजार ४ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५६ रुपैयाँ तोकेको छ ।