आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको मूल्यदीको मूल्य ह्वात्तै बढेको छ । बिहिबार प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको १९ सय रुपैयाँले वृद्धि भएको छ । यसदिन सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ४५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९९ रुपैयाँ तोकेको छ ।