आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१ हजार ३१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५६ रुपैयाँ तोकेको छ ।