आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ४५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४३ रुपैयाँ तोकेको छ ।