आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ८०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५२ रुपैयाँ तोकेको छ ।