आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेको हो । चापावाला सुन आज प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ  ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ८०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६० रुपैयाँ तोकेको छ ।