आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ८८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार २८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६४ रुपैयाँ तोकेको छ ।

गत बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २००रुपैयाँमा कारोबार भएको थियो । यो नै हालसम्मकै उच्च मूल्य हो ।