आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ हजार रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, आज तेजावी सुन पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो दिन चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ३१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ७१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२९ रुपैयाँ तोकेको छ ।