आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ३ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय  रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि ३ सय रुपैयाँले नै बढेको छ ।  यस दिन तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको  छ ।

यो दिन चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ६२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६१२ रुपैयाँ तोकेको छ ।