आजको सुनचाँदीको दररेट

काठमाडौँ । आज सुन नेपाली बजारमा घटेको छ । आज सुन तोलामा १८ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार सुन १ लाख ३८ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ ।