आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार पनि पहेंलो धातु सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४० हजार ६००रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि १०० रुपैयाँले नै घटेको छ। यो दिन तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको  छ ।यो दिन चाँदीको भाउ भने १५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ४५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ८५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२९ रुपैयाँ तोकेको छ ।