आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ७० रुपियाँमा कारोबार  भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ६ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३२ रुपैया तोकेको छ।