आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।  बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ३७ हजार ९ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले बढेर प्रति तोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १८ हजार ८ सय ३० पैसा, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार १८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ७९ रुपैया तोकेको छ।