आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर  प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको ५० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ६१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ५० पैसा तोकेको छ।