आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ८५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार २९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ४४.५० रुपैयाँ तोकेको छ।