आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ७७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ४४.५० रुपैयाँ तोकेको छ।