आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्म कै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्म कै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १४ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १३ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकेको छ।