आजको सुनचाँदीको दररेट

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा एक लाख ३१ हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३१ हजार दुई सय रुपौयाँ निर्धारण भएको छ ।

यस्तै, तेजावी सुन सोमबार तोलामा एक लाख ३० हजार नौ सय ५० रुपौयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३० हजार पाँच सय ५० रुपौयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला एक हजार पाँच सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।