आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुन चाँदीको घटेको छ । बिहिबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले घटेको हो।

आज छापावाला सुन १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ हजार ४५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ७ हजार ९४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ रुपैयाँ तोकेको छ।