आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख २५ हजार  रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६ हजार ७४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ हजार २२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३ रुपैयाँ तोकेको छ।