आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख  हजार १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६  हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ५६ रुपैयाँ तोकेको छ।