यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ७ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ७३ रुपैयाँ तोकेको छ।