काठमाडौं ! बुधबार सुनको भाउ इतिहासकै महंगो भएको छ । मंगलबार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन १ लाख २३ हजार ५ सय रुपैयाँ प्रतितोलमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ५ हजार ८८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ५ हजार ३६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ३४.५० रुपैयाँ तोकेको छ।