आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनको भाउ  इतिहासकै महंगो भएको छ । सोमबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन १ लाख २३ हजार रुपैयाँ प्रतितोलमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेको छ  । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ५ हजार ४५५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४  हजार ९४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ३९ रुपैयाँ तोकेको छ।