आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको भाउ घटेको छ । मगंलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १२ सय रुपैयाँले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य ३० रुपैयाँले  घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ८८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ४१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७० रुपैयाँ तोकेको छ।