आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आज सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ तोकेको छ।