आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ९ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ९४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ४७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ तोकेको छ।