आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनचाँदस्को भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन १ लाख १९ हजार ५ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ९८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ३ रुपैयाँ तोकेको छ।