आजको सुनचाँदीको दररेट

काठमाडौं ! नेपाली बजारमा सुनको मूल्य लगातार चार दिनदेखि बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार पछिल्ला चार दिनमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।

सोबारदेखि बढ्न सुरु गरेको मूल्य सोमबार, मंगलबार, बुधबार सुनको भाउ क्रमशः ३००,३००, १०० रुपैयाँले बढेको थियो । त्यसैगरी आज ५०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।