आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य  ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ४२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४ रुपैयाँ ५० पैसा तोकेको छ।