आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य  पनि स्थिर नै रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ तोकेको छ।