आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १६५ रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ तोकेको छ।