आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार २४० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ८७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय तोकेको छ।