आजको सुनचाँदीको दररेट

काठमाडौं ! साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको हो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो।