आजको सुनचाँदीको दररेट

आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार १९५ रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ७२ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १७ रुपैयाँ ५० पैशा तोकेको छ।