यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं !मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ । सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ रुपैयाँले घटेर १ लाख १८ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ६८० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १३ रुपैयाँ ५० पैसा तोकेको छ।