यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार पनि सुनचाँदीको भाउ स्थिर छ । शुक्रबार प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । बिहिबार देखि सुन चाँदीको भाउमा कुनै फेरबदल भएको छैन् ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार ४५० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ९८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १७ रुपैयाँ ५० पैसा तोकेको छ।