आजको सुनचाँदीको दररेट

काठमाडौं !:बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख २० हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ५ सय ६५ रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ३  हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ तोकेको छ।