यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि आज स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ३ सय १० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ७९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैसा तोकेको छ।