यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख २० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंसिर १८ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ कायम रहेको थियो ।