आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार ७९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ३२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६४ रुपैयाँ ५० पैशा तोकेको छ।