यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला एक लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय घटेको हो।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ५२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैशा तोकेको छ।