यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २८ सय बढेको हो।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ३५० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैशा तोकेको छ।