यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ९८० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ तोकेको छ।

पछिल्लो समय सुनको भाउ लगातार घटिरहेको छ । पछिल्लो ४ दिन सुनको भाउमा लगातार गिरावट आएको हो । शुक्रबार देखि आज बुधबारसम्म सुनको भाउ निरन्तर घटेको छ ।