यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख १ हजार ३१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ८४० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ तोकेको छ।