यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार १९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ७२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ पैसा तोकेको छ।