यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आज सुनको भाउ बढेको भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार  सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख ४ हजार २५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ३ हजार ७३५ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय २४ रुपैयाँ ५० पैसा तोकेको छ।